कोरोना भाइरसबाट हालसम्म २ लाख ५२ हजार बढीको मृत्यु भएको छ । मंगलबार बिहानसम्म यो भाइरसबाट ३६ लाख ४३ हजार व्यक्ति संक्रमित भइसकेका छन् भने संक्रमित मध्ये ११ लाख ९४ हजार संक्रमित निको भएका छन् ।
भारतमा एकै दिन झण्डै ४ हजार कोरोना संक्रमित थपिएका छन् ।
सोमबार मात्र भारतमा ३ हजार ९ सय ३२ संक्रमित थपिएसंगै कुल सक्रमितको संख्या ४६ हजार ४ सय नाघेको छ ।
कोरोनबाट भारतमा मृतकको संख्या १ हजार ५ सय ६६ पुगेको छ,भने संक्रमितको संख्या ३२ हजार नाघेको छ । अहिलेसम्म १२ हजार ८ सय संक्रमित निको भएका छन् ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट हालसम्म २१० देश प्रभावित भएका छन् ।