नेपालमा थप ७ जनामा कोरोणा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ८२ पुगेको छ। मंगलबार विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालगञ्जमा थप सात जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।
भेरी अस्पतालमा परीक्षण गर्दा नेपालगञ्चजका ३ जना पुरुष, एक बालिका र ३ महिलामा कोरोना संक्रमण फेला परेको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो।
नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ।
हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन् ।