logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज चट्याङ, हावाहरी र असिनासहित पानी पर्ने, तीन दिनको मौसम पूर्वानुमानसहित


अंकुरण खबर
2.405K
Shares

पश्चिमी वायुको प्रभावले मुलुकमा केही दिनदेखि अप्रत्यासित रुपमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । मौसममा स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ । बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको समेत विभागले जनाएको छ। विभागले मुलुकमा केही दिन यस्तै खालको वर्षा भइरहने जनाएको छ ।

तीन दिनको मौसम पूर्वानुमानसहित:

वैशाख २३ गते मंगलबार: देशको पश्चिमी भू-भागमा पूर्ण बदली र अन्य ठाउँमा सामान्य बादल रहनेछ। पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ।

वैशाख २४ गते बुधबार: देशभर बिहान आंशिक बादल लाग्नेछ । दिउँसोदेखि साँझसम्म पहाडी, पूर्वी र मध्य तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ।

वैशाख २५ गते बिहीबार: देशभर बिहान आंशिक बादल लाग्नेछ । दिउँसोदेखि साँझसम्म पहाडी, पूर्वी र मध्य तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ।