logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दीमा हतियार बोकेर मान्छे मार्छु भन्दै टिकटक बनाएका सशस्त्र प्रहरी जवानको नियुक्ति बदर


अंकुरण खबर
1.261K
Shares

बर्दिमा टिकटक बनाउने एक शसस्त्र प्रहरी जवानलाई जागिरबाट निकालिएको छ ।

बर्दीमा हतियार बोकेर टिकटक बनाएका सशस्त्र प्रहरी जवान बलबहादुर परियारको सोमवार नियुक्ति बदर गरिएको हो।

उनले बर्दी लगाएर मान्छे मार्छु भन्दै टिकटिकमा भिडियो बनाएका थिए । बर्दीमा हतियारसहित टिकटक बनाएको भिडियोका कारण उनको नियुक्ती बदर गरिएको जनाइएको छ ।

उनको उक्त टिकटक भिडियो भाइरल बनेको थियो । उनी चैतको दोस्रो साता तालिम सकेर फिल्डमा खटिएका थिए ।