कर्णाली प्रदेशको जुम्लामा पनि कोरोना भाइरसको पीसीआर परीक्षण गरिएको छ ।
सोमबार रातिखि पीसीआर परीक्षण सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाका प्रयोगशाला संयोजक विवेक पुनमगरले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन ८ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छन् । जुम्लाबाट पीसीआर परीक्षण सुरु भएसँग अबदेखि कर्णाली प्रदेशका दुई ठाउँ (सुर्खेत र जुम्ला) मा कोरोनाको नमुना परीक्षण हुनेछ ।
जुम्लामा मेसिन आएको झन्डै १३ दिनपछि परीक्षण सुरु गरिएको हो । प्रतिष्ठानले एक पटकमा ९६ वटा नमुना परीक्षण गर्न सक्ने क्षमताको पीसीआर मेसिन २७ लाखमा चीनबाट खरिद गरी ल्याएको हो ।
जुम्लामा विदेशबाट आएका र सम्भावित खतराको आशंका लागेको क्षेत्रमा पुगेर स्वाब संकलन गर्ने अस्पतालले जनाएको छ । जुम्लासँग २ सय ५० जनाको परीक्षण गर्न मिल्ने एक्ट्रयाक्सन टिक रहेको छ ।