logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इलाममा विप्लव समूह र सशस्त्र प्रहरीबीच गोली हानाहान


अंकुरण खबर
832
Shares

इलाममा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ ।

इलामको माई नगरपालिका–९ बोरुङमा गोली हानाहान भएको प्रहरीले जनाएको छ । विप्लव समूहका कार्यकर्ता स्थानीय धनबहादुर लिम्बुको घरमा बसेको सूचनाका आधारमा सशस्त्र प्रहरीले घर घेरा हालेको थियो ।

ड्युटीमा रहेका विप्लव कार्यकर्ताले सशस्त्रको टोलीलाई लक्षित गरी गोली चलाएपछि भिडन्त भएको हो ।

प्रहरीले घटनास्थलबाट विप्लव समूहका इलाम इन्चार्ज पुष्प कोइराला, सौरभ तामाङ र जलन शेर्पालाई नियन्त्रणमा लिएको छ ।

यस्तै उनीहरुका साथबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ र त्यसका लागि प्रयोग हुने सामग्री सहित नियन्त्रणमा लिएको जनाइएको छ ।