logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दसगजामा अलपत्र २४ नेपाली भारततर्फ फर्काइए


अंकुरण खबर
1.014K
Shares

दुई दिनदेखि धनुषा सीमाको नाकामा अलपत्र २४ जना नेपालीलाई भारततर्फै फिर्ता पठाइएको छ ।

भारतका विभिन्न स्थानबाट घर नेपाल लागेका उनीहरु दुई दिनदेखि दसगजा क्षेत्रमा अलपत्र थिए । कोरोना भाइरस संक्रमण जोखिमका कारण उनीहरूलाई उतै पठाइएको छ ।

धनुषाको महिनाथपुर सीमाको दसगजामा १३ र इनर्वा सीमाको दसगजामा ११ नेपालीलाई सशस्त्र प्रहरीले रोकेको थियो । उनीहरुलाई मंगलबार भारतीय प्रहरीमार्फत उतै पठाइएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।

जो जहाँ छन् त्यहीं राख्नुपर्ने माथिल्लो तहको आदेशअनुसार उनीहरुलाई भारत फर्काइएको हो ।