सिरहा नगरपालिका–२ छोटकी टोलमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।
भारत मधुवनी घर भइ छोटकी बस्दै आएकी १९ वर्षीया विभा कुमारी रायको सोमबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो । बारीमा आँप टिप्न गएको समयमा रायलाई चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।