logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव नेकपाको महिला संघकी अध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश


अंकुरण खबर
1.235K
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी  नेत्री बन्धुकुमारी चन्दलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेको छ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गर्न आदेश गरेको हो।

सर्वोच्च अदालतमा गत फागुन २० गते र २०७७ बैशाख ४ गते चन्दका तर्फबाट बन्दीको निवेदन दर्ता भएको थियो। निवेदनमा न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो।

नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्षसमेत रहेकी चन्दलाई गैरकानुनी थुनामा राखेको भन्दै प्रतीक चन्दले सर्वोच्च अदालतमा दुईवटा रिट दायर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बर्दिया र  दाङलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो।