मोरङमा सशस्त्र प्रहरीले दुई भारतीय नागरिकलाई एक करोड नौ लाख भारू सहित पक्राउ गरेको छ।
मंगलबार भारतको सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रकमा सशस्त्रले चेक गरेको हो । ट्रकबाट अवैध एक करोड नौ लाख ७९ हजार ५ सय ३० भारू फेला परेपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुपौलका रवि कुमार र पप्पु कुमार रहेका छन्। विराटनगरमा सामान लोड गरेर सिलुगुडी लग्न लागेका उनीहरूले बताएका छन् ।