logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मंगलवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जना प्रहरीको नियन्त्रणमा


अंकुरण खबर
1.417K
Shares

काठमाडौं उपत्यकामा लकडाउन उललंघन गर्ने ३ सय ९६ जना महिलासहित १ हजार ५५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलवार बिहान ६ बजे देखि साँझ ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई

आज (मंगलवार) दिनभर बिहान ६ बजे देखि साँझ ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनकाअनुसार काठमाडौंमा सबै भन्दा बढी १२ सय १९, ललितपुरमा ३ सय २० जना र भक्तपुरमा १४ जनालाई नियन्त्रणमा लिइएको छ । यसैगरी ६ सय ११ वटा दुई पाङ्ग्रे र ७६ वटा चारपाङग्रे गरी ६ सय ८७  वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको प्रहरीले जनाएको छ ।