कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले सरकारलाई लकडाउन लम्ब्याउन सुझाब दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा बसेको बैठकले लकडाउन लम्बाउन सुझाब दिएको हो । कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न कुनै पनि कमि हुन नदिने गरि सरकार लागि परेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।
तर जोखिमअनुसार क्षेत्रगत रुपमा लकडाउन खुकुलो पार्न सकिने समितिको सुझाब छ । यसबारेमा भोली बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गर्नेछ । सरकारले पछिल्लो पटक बढाएको लकडाउन २५ गते सकिदैछ ।