सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुनः थप गर्ने तयारी गरेको छ।
आज (बुधबार) बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ । कोरोना भाइरसको जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन अवधि अझै थप्न सिफारिस गरेको थियो। समितिको बैठकले तत्काल नै लकडाउन खोल्न नसकिने सुझाव सरकारलाई दिएको छ ।