logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित ६ जना बिहानै डिस्चार्ज भए


अंकुरण खबर
715
Shares

कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका ६ जना आज डिस्चार्ज भएका छन ।

लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज विहान डिस्चार्ज गरिएको हो । डिस्चार्ज गरिएका सबै भारतीय नागरिक हुन् । उनीहरु २१ देखि २४ बर्ष उमेरका छन ।

वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद बसेका १३ जनामा कोरोना संक्रमण देखिएपछि विराटनगर उपचारका लागि ल्याइएको थियो ।

बाँकी ७ जनाको भने उपचार जारी छ। कोशी अस्पतालकी मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार अस्पतालमा उपचारार्थ बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।