logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझै केही दिन चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा


अंकुरण खबर
832
Shares

केही दिनयता पानी परिरहे पनि आज बिहानीपख भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशको पश्‍चिम र पूर्वी पहाडका केही क्षेत्रमा भने सामान्य बदली रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

यसले गर्दा हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसोः देशको पहाडी भू-भागका केहि स्थानहरूमा र तराईका थोरै स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै रातीः देशभर आंशिक बदली रहनेछ। पश्चिमी तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध छ ।