logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोमा मोटरसाइकल पुरिँदा चालकको मृत्यु


अंकुरण खबर
741
Shares

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल पहिरोले पुर्दा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बा ४४ प ६०८५ नम्बरको मोटरसाइकललाई मंगलबार राति कोगटेखोला नजिकै पहिरोले पुरेको हो।

घटनामा मोटरसाइकल चालक भीमफेदी गाउँपालिक-८ देउरालीका २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक खनालको शव परीक्षणका लागि हेटौंडा लगिएको छ।