कोरोना भाइरस संक्रमणपछि उपचार भएर डिस्चार्ज भएका काठमाडौं सनसिटीका तीनजना नियमित फलोअपमा रहेको पाटन अस्पतालले जनाएको छ ।
संक्रमित तीनै जना नियमित फलोअपमा रहनुपर्ने भएकाले उनीहरुको स्वाव संकलन गरी परीक्षण भइरहेको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए।
गत चैत ५ गते बेलायतबाट आएका उनीहरुको वैशाख १ गते परीक्षणमा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरोको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको थियो।
उनीहरु उपचारपछि निको भएर वैशाख ११ गते घर फर्किएका थिए।