logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल भित्रन लागेका दुईसय बढी नेपाली सीमा क्षेत्रमा अलपत्र


अंकुरण खबर
1.157K
Shares

कपिलवस्तु जिल्लाको दशगजा नाकाबाट नेपाल भित्रन लागेका २०० बढी नेपाली सीमामै अलपत्र परेका छन् ।

कोरोना भाइरसको संक्रमणको त्रासले लकडाउन जारी रहेको अवस्थामा उनीहरुलाई नेपाल छिर्न नदिइएको हो ।

नेपाल भारतबीच नेपाली र भारतीयलाई भएकै स्थानको क्वारेन्टाइनमा राख्ने सहमति भएपनि नेपाली सीमामा आएका प्रवासी नेपालीलाई भारतीय सुरक्षाकर्मीले नै नेपाली सीमासम्म पुर्‍याएपछि अलपत्र परेको बताइएको छ ।

दशगजासम्म आइ पुगेका नेपालीलाई भारतीय निकायसँगको समन्वयमा भारतीय क्वारेन्टाइनमै राख्नका लागि पहल थालिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिएका छन् ।

हिजो मात्र कपिलवस्तु जिल्लाका विभिन्न नाकाबाट प्रवेश गरेका १ सय ५५ जनालाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।