logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

आइसोलेसनमा रहेका एक व्यक्तिको मृत्यु, कोरोना परीक्षण गरिने


अंकुरण खबर
715
Shares

पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ ।

दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका-१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो ।

अस्पतलामा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौं पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।