सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक केहीबेर अघि सुरु भएको हो ।
शनिवार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटी बैठक डाकेको थियो । सो बैठकको तयारी र एजेण्डा तय गर्न आजको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शनिवारको बैठकले उत्कर्षमा पुगेको आन्तरिक विवाद केही हदसम्म साम्य बनाएको थियो । तर, विवाद कायमै रहेको नेताहरु बताउँछन् ।
विवाद जारी रहँदा भोलि बस्ने भनिएको सचिवालय बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन समेत तयार नभएको नेताहरु बताउँछन्। स्थायी कमिटी बैठकको रणनीति तय गर्न नेताहरुको गुटगत छलफल भइरहेको छ ।