logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं भित्रिने नाकामा थप कडाइ


अंकुरण खबर
962
Shares

गएको चैत ११ गतेदेखि देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै प्रहरीले चेकजाँचमा कडाइ गरेको छ।

विशेषगरी काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरिएको हो । काठमाडौं भित्रिने सवारीसाधन र मानिसहरुको संख्या बढेपछि नाकामा कडाइ गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आज काठमाडौं उपत्यका भित्रिने नाकाहरु मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भिमढुङ्गा नाकाहरूको अनुगमन गरेको छ ।

काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी ढकालले बताए । एसएसपी ढकालले नाकाहरूमा खटिएका सुरक्षाकर्मीलाई केही समयका लागि नाकाहरूमा थप कडाइ गर्न निर्देशन दिएका छन्।