logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा जुवातास खेल्ने ६ जना पक्राउ


अंकुरण खबर
715
Shares

कोरोना भाइरसको जोखिम कम गर्न देश लकडाउनमा भएको अवस्थामा जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–६ लेकसाइड दर्गा बेकरीमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले मंगलबार साँझ ६ जनालाई पक्राउ गरेको हो ।

रौतहट चन्द्रनिगाहपुर–५ घर भएका पोखरा बस्ने ४७ वर्षीय दुर्गा बहादुर सुवेदीको दुर्गा बेकरीमा जुवा खेल्ने दुर्गासहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद ३६ हजार ६ सय ९० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ ।