वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ ।
वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित उक्त परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् ।
अस्पतालका अनुसार यसअघि संक्रमित भेटिएका युवकले आफू विदेशबाट पनि नआएको र जमाती पनि नबसेको अस्पताललाई बताएका छन्।
उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन थालिएको अस्पतालले जनाएको छ।