logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सदनका सबै सांसदहरुको भोलि पीसीआर टेस्ट हुने


अंकुरण खबर
884
Shares

कोरोना भाइरसका संक्रमित बढीरहेका बेला सबै सांसदहरूको पीसीआर टेस्ट हुने भएको छ ।

२६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे बजेट अधिवेशन हुने भएकाले राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट हुने भएको हो ।

भोलि बिहान १० बजेदेखि सांसद भवन नयाँ बानेश्वरमा सबै सांसदहरूको पीसीआर टेस्ट हुने भएको हो ।

बिहान १० बजे राष्ट्रियसभाका र ११ बजे प्रतिनिधिसभाका सांसदको पीसीआर टेस्ट हुने भएको हो ।