logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनबाट मृत्यु हुनेको संख्या २ लाख ६५ हजार नाघ्यो


अंकुरण खबर
624
Shares

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख २२ हजार ८ सय नाघेको छ । संक्रमणबाट दुई लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ९९ पुगेको छ । अहिलेसम्म अमेरिकामा १२ लाख ६३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

संक्रमणबाट बेलायतमा ३० हजार, इटलीमा २९ हजार ६ सय, स्पेनमा २५ हजार ८ सय, फ्रान्समा २५ हजार ८ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै भारतमा ५२ हजार ९ सय ८७ संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ हजार ७ सय ८५ पुगेको छ । पाकिस्तानमा संक्रमितको संख्या २३ हजार २ सय नाघेको छ भने ५ सय ४४ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभर १२ लाख ८८ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।