जङ्गली च्याउ खाँदा अर्घाखाँचीमा दुई जनाको ज्यान गएको छ । अन्य दुई जना सिकिस्त भएका छन् ।
जिल्लाका भुमिकास्थान नगरपालिका–६ खिल्जीकी ३२ बर्षीया रामकला महतरा र उनकी ७ बर्षीया छोरी विपा महतराको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक रामकलाकी सासु लालसरी महतरा र देउरानी लक्ष्मी महतरा सिकिस्त बिरामी परेका छन् । मृत्यु भएका दुवै जनाको लुम्विनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छन् ।
सिकिस्त दुई जनाको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए । उनका अनुसार मृतक आमा छोरीका शव परिवारजनको जिम्मा लगाइएको छ ।