मन्त्रीपरिषद्को बैठकले आगामी १० दिन लकडाउन थप गर्ने निर्णय गरेसँगै शेयर बजार पनि तत्काल नखुल्ने देखिएको छ ।
अहिलेकै हिसाबमा लकडाउन भए शेयर बजार बन्द नै रहने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । लकडाउन जति खुकुलो हुन्छ सोहि अनुसार शेयर बजार खुलाउने उनले जानकारी दिए । ‘लकडाउन केहि खुकुलो भयो भने बजार पनि सोही हिसाबले खुलाउछौ’ उनले भने ।
देश लकडाउनमा गएसँगै शेयर बजार समेत गत डेढ महिनादेखि बन्द रहेको छ । यसअघि बैशाख २६ गतेबाट बजार खुलाउने तयारी गरेपनि लकडाउन खुकुलो नभएपछि बजार बन्द नै गरिएको हो ।