कोभिड–१९ को जोखिम फैलन नदिन गरिएको लकडाउनको समयमा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको हो। ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी मगरको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
प्रहरी हबल्दार मगरको मृत्युको कारण खुल्न सकेको छैन् ।