logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखियो : प्रधानमन्त्री ओली


अंकुरण खबर
767
Shares

प्रधानमन्त्री केपी ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको भन्दै सजग रहन चेतावनी दिएका छन् ।

बिहीबार बुद्ध जयन्तीका अवसरमा दिएको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले महामारीले भयावह रुप लिन सक्ने चेतावनी दिँदै सबैलाई सजग हुन आह्वान गरेका हुन् । सरकारले चालेका कदमहरुलाई प्रभावीको संज्ञा दिँदै उनले सरकारका कदमकै कारण स्थिति भयावह नबनेको दाबी पनि गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् । यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’

कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा लगेको उल्लेख गरेका छन् । नेपालमा बुधबारसम्म ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ ।

शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वयंसेवी, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।