कोरोना भाइरस परीक्षणका लागि संघीय संसदका सदस्यसहित ४४१ जनाको स्वाब संकलन गरिएको छ ।
संसद भवन नयाँ बानेश्वरमा उनीहरुको स्वाब संकलन गरिएको हो। स्वाब संकलन गरिएकामा प्रतिनिधिसभाका १७९ सदस्य र राष्ट्रियसभाका ३३ जना रहेका छन्।
शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । त्यसअघि सांसद र त्यहाँ कार्यरत कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
कर्मचारी र मर्यादापालक २२९ जनाको पनि स्वाब संकलन गरिएको छ । बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण भोलि बिहान ८ बजेदेखि १० बजेसम्म नयाँ बानेश्वरमा गरिने छ ।
यसरी परीक्षणपछि कोरोनाको नेगेटिभ रिपोर्ट आएका सांसदहरुलाई मात्र शुक्रबार बैठकमा भाग लिन दिइने छ ।