नेपालमा पछिल्लो २४ घण्टायता कोरोना संक्रमित थपिएका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा संक्रमितको संख्या ९९ नै रहेको जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार भेटिएका १७ जनासहित नेपालमा ९९ जना कोरोना संक्रमित रहेको बताएका छन् । उनका अनुसार ती सबै संक्रमितको अवस्था सामान्य रहेको छ।