बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एकसाता अघि भारतबाट आएको पाईएको छ । एक साताअघि १६ र २२ वर्षका ति युवक भारतको मुम्बईबाट लुकेर जिल्ला प्रवेश गरेको पाइएको हो ।
खुला सिमानाबाट उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले समातेर मायादेवी-एक पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखेका थिए । क्वारेन्टाइनबाट उनीहरुको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना भाइरसको भेटिएको पुष्टि भएको थियो ।
संक्रमित दुवै जनालाई बुटवलको आइसोलेसन अस्पतालमा भर्ना गरिएको छ । दुबैको अवस्था सामान्य रहेको छ ।
उनीहरु मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका हुन् । उनीहरुमा कोरोना संक्रमण भेटिए पछि उनीहरुको सम्पर्कमा र भेटघाटमा को को आएका थिए भन्ने बारेमा सोधपुछ भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।