logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै


अंकुरण खबर
806
Shares

विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गराइरहेका २५ जना कोरोना संक्रमितहरुमध्ये आठ जना डिस्चार्ज हुने भएका छन् ।

उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गर्न लागिएको हो । लगातार तीन पटक गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । डिस्चार्ज हुनेमा भारतिय एक जना, विराटनगरका दुई जना र उदयपुरको भुल्केका ५ जना रहेका छन् ।

उनीहरुलाई बैशाख ८, ९ र १० गते संक्रमण पाईएपछि उपचारका लागि कोरोना विशेष उपचार केन्द्रमा ल्याइएको थियो ।