logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लेफ्टिनेन्ट कर्णेलले चलाएको कारको ठक्करबाट रविभवनमा मोटरसाईकल चालकको मृत्यु


अंकुरण खबर
754
Shares

काठमाडौंको रविभवनमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान सवा ७ बजे २१ च ४३४७ कार र बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

मोटरसाइकल चालक मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलाल कालिमाटीबाट मासु लिएर कलंकी फर्किँदै गर्दा दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ ।

कार नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलले चलाएका थिए । कार चालक कलंकी स्युचाटारका ३९ वर्षीय लेफ्टिनेन्ट कर्णेल शिखर जबरा रहेका छन् ।

उनी आर्मी हेडक्वाटरमा कार्यरत रहेका छन । कार्यालयतर्फ आउदै गर्दा दुर्घटना भएको जनाइएको छ ।