काठमाडौंको रविभवनमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान सवा ७ बजे नेपाली सेनाका कर्णेल सिखर जबराले चलाएको बा २१ च ४३४६ नम्बरको कार र बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलंकीमा मृत्यु भएको हो।
चालक कलंकी बस्ने ३९ वर्षीय जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिसिटिभी फुटेजमा विपरित दिसाबाट आइरहेको मोटरसाइकल कारमा ठोक्किएको जस्तो देखिन्छ।
हेनुहोस् तलको सिसिटिभी भिडियो फुटेज
भिडियो स्रोत: देशसञ्चार