कोरोना संक्रमण मुक्त भएर एक सातापछि पुनः संक्रमण देखिएका दुईजनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ।
रौतहटका १९ वर्षीय र ४४ वर्षीय भारतीय नागरिकमा फलोअपको दोस्रो रिपोर्ट पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।
उनीहरुको अहिले तेस्रो परीक्षणको लागि स्वाब पठाइएको छ।
गत चैत ३० र बैशाख १ मा कोभिड–१९ देखिएपछि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि उनीहरु तीन पटकसम्म कोभिड–१९ नेगेटिभ देखिएपछि बैशाख १४ मा डिस्चार्ज भएका थिए। तर, बैशाख १८ मा फलोअपको लागि पुग्दा उनीहरुको पोजेटिभ रिपोर्ट आएको थियो।
अहिले उनीहरु नारायणी अस्पतालको आइसोलेसनमा छन्। दुवै स्वास्थ्य अवस्था सामान्य छ।