logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हवाई उडान बन्द हुँदा यूएईमा ज्यान गुमाएकी एक महिलाको दुई महिनापछि मात्रै अन्त्येष्टि


अंकुरण खबर
793
Shares

युएई, कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालको हवाई उडान बन्द हुँदा यूएईमा आत्महत्या गरेकी एक नेपाली महिलाको युएईमै अन्त्येष्टि गरिएको छ ।

दुई महिनाअघि आत्महत्या गरेकी झापा अर्जुनधाराकी निता चौधरीको हिजो बिहीबार युएईको अलऐनमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।

बैदेशिक रोजगारीका लागि ७ महिना पहिले युएईको रोयल क्याटरिङ्ग कम्पनीमा आएकी चौधरीले गएको फागुन १९ गते  झुण्डिएर आत्महत्या गरेकी थिइन्। नेपालको हवाई उडान बन्द हुनु र नेपालमा लकडाउन पनि लम्बिएसँगै शव नेपाल लैजान नसक्ने भएपछि दुबईमै कार्यरत मृतकका दाइ किशोर चौधरीसँग समन्वय गरेर शव युएईमै अन्त्येष्टि गरिएको हो ।

परिवारको अनुमतिसहित उनको अन्त्येष्टि गरिएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० युएई  क्षेत्रीय समिति अबुधावीका पूर्वअध्यक्ष दुर्योधन कार्कीले बताए ।