logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता


अंकुरण खबर
780
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज सापकोटाले भेटवार्ता गरेका हुन् ।

सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए ।

आज अपराह्न ४ बजेदेखि शुरु हुन लागेको सङ्घीय संसद्को छैटौं अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उनीहरुबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।