भारतले कोरोना महामारीका बीच नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने मार्ग खोलेको छ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् ।
भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गरेका हुन्।
नेपालसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडक भारतले आजबाट संञ्चालनमा ल्याएको छ ।
Raksha Mantri Shri @rajnathsingh today inaugurated the Link Road from Dharchula to Lipulekh (China Border) famously known as Kailash-Mansarovar Yatra Route. RM congratulated BRO for achieving the connectivity. 1/4 pic.twitter.com/cIHw6UHkKE
— रक्षा मंत्री कार्यालय/ RMO India (@DefenceMinIndia) May 8, 2020