संघीय संसद्को बजेट अधिवेशन आजबाट भएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शुक्रबार ४ बजे सुरु भएको हो ।
बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
शुक्रबारको बैठकमा छैटौं अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको छ ।
यस्तै, बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ ।
कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सबै माफदण्ड अपनाइएको छ।