logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबुराम भट्टराईले संसदबाटै मागे प्रधानमन्त्रीको राजीनामा


अंकुरण खबर
897
Shares

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै डा भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक आयोग कब्जा गर्ने तथा अरु पार्टीहरुलाई फुटाउने उद्देश्यले २ वटा अध्यादेश ल्याएको तथा पार्टी फुटाउन सांसदकै ‘अपहरण’ गर्न लगाएर गल्ती गरेको डा भट्टराईको भनाइ छ ।

‘लोकतन्त्र खत्तम हुँदा हामी सबै खत्तम हुन्छौं । यो व्यवस्था असफल हुँदा हामी सबै असफल हुन्छौं । आरोप प्रत्यारोपभन्दा पनि हामी सबैले आत्म समीक्षा गरौं,’ डा. भट्टराईले भने, ‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहान्छु, यदि उहाँले साँच्चै नै आत्म निरीक्षण र आत्मालोचनाको प्रक्रिया शुरु गर्नु भएको हो भने नैतिकता प्रदर्शन गर्नु आवश्यक छ ।’

डा. भट्टराईले प्रधानमन्त्रीले लोकतन्त्रको छविलाई बचाउनका लागि अहिलेको सन्दर्भमा राजीनामा दिनु नै उपयुक्त विकल्प भएको बताए ।