भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले पक्राउ परेको छ ।
भारतले नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवर जाने बाटो निर्माण गर्दा नेपाली भूमि अतिक्रमण गरेकाले त्यसको विरोधमा अनेरास्ववियुले दूतावास अगाडि प्रदर्शन गर्न खोजेको थियो ।
प्रदर्शनका लागि उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको विद्यार्थी नेता सुदेश पराजुलीले जानकारी दिएका छने । प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ ।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।