logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसमः पश्चिमी भू-भागमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा


अंकुरण खबर
832
Shares

अहिले देशका पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको र बाँकी भु-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार दिउँसो देशको पश्चिमी भु-भाग लगायत मध्य र पूर्वका पहाडी भू-भागमा सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ । पश्चिमी भू-भागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

राति भने देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमि भु-भागका थोरै स्थानहरु लगायत मध्य र पूर्वका १र२ स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहितवर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।