logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा ८० किलो गाँजासहित महिला पक्राउ


अंकुरण खबर
1.053K
Shares

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८० किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ६ की फुलमाया तामाङ रहेकी छिन् । घरमा गाँजा लुकाई राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा घरमा बोरामा पोका बनाई राखेको गाँजा बरामद गरेको हो ।

तामाङलाई इलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।