logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेवातालमा एक पुरुषको शव फेला


अंकुरण खबर
3.042K
Shares

कास्कीको पोखरास्थित फेवातालमा एक पुरुषको शव फेला परेको छ ।

आइतबार बिहान पोखरा–१८, सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) यादव ढकालले जानकारी दिए ।

स्थानीयले हल्लन चोकको सामुदायिक प्रहरी केन्द्र नजिकै ताल किनारमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।