logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक लाख घुससहित नुवाकोटका वन अधिकृत पक्राउ


अंकुरण खबर
845
Shares

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

खानीसम्बन्धी काममा अवरोध सिर्जना गरी सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा टङ्गालबाट खटिएको आयोगको टोलीले उनलाई बिदुर नगरपालिका–२ स्थित वन कार्यालय परिसरमा रहेको निवासबाट शनिबार नियन्त्रणमा लिएको हो ।

प्रसादलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाईएको छ ।