logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ घण्टामा एक हजार ३१६ को परीक्षण, थपिएनन् नयाँ कोरोना संक्रमित


अंकुरण खबर
962
Shares

पछिल्लो २४ घण्टामा एक हजार ३१६ को परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

नेपालमा ७३ हजार ५५५ जनाको कोरोना परीक्षण भएको छ । पीसीआरबाट १६ हजार ८९८ र ५६ हजार ५५० आरडिटीबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म क्वारेन्टाइनमा १३ हजार ६२५ र आइसोलेसनमा १६४ जना छन्। ३४ हजार २५७ ले स्वमूल्याङ्कनमार्फत कोरोना जाँच गरेको मन्त्रालयले जनाएको छ।

हालसम्म ११० जना कोरोना संक्रमित छन्। त्यसमध्ये ७८ पुरुष र ३२ महिला छन्। ३१ जना निको भएर घर फर्किँदा ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।