logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट निको हुनेको संख्या बढ्दै, कोसी अस्पतालबाट थप २ को डिस्चार्ज


अंकुरण खबर
728
Shares

आइतबार एकैदिन दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।

झापाको दमक निवासी ६३ वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक कोरोनामुक्त भएका हुन्।

विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूलाई केहीबेर अघि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेस्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन्।

भोजपुरका युवकमा गत वैशाख ११ गते कोरोना संक्रमण देखिएको थियो। उनी गत फागुनको अन्तिम साता साउदीबाट नेपाल आएका थिए।

यस्तै झापाका पुरुषमा वैशाख १२ गते संक्रमण देखिएको थियो। दुबईबाट आएका छोराबाट उनमा कोरोना सरेको भन्ने छ। उनका छोरासहित परिवारका अन्य सदस्यमा भने संक्रमण देखिएन।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३२ पुगेको छ। जसमा दुई जनामा पुनः संक्रमण देखिएको छ। संक्रमितको संख्या १ सय १० यथावत छ।