logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लंघनको आरोपमा वीरगंजका पत्रकार यादव पक्राउ


अंकुरण खबर
1.001K
Shares

पर्सा प्रहरीले वीरगंजका पत्रकार तिवारी यादवलाई पक्राउ गरेको छ।

लकडाउन अवज्ञा गरेको भन्दै वडा प्रहरी कार्यालय विर्ताको टोलीले बसपार्क–घण्टाघर लिंकरोडको कुमु प्यालेस होटल अगाडी रहेको नारायणी एफएमको मुल गेटबाट उनलाई पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जनाइएको छ।

रेडियो नारायणी एफएम र नयाँ पत्रिकाका पर्सा संवाददाता यादव एफएममा समाचार रिपोर्टिङपछि कार्यालय प्रवेश गर्ने क्रममा दिउँसो २ बजे उनलाई दुई वटा भ्यानमा आएका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर गाडीमा हाली जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको एफएमका प्रमुख प्रकाविधि दिपेन्द्र साहले बताए।

उनको रिहाईको लागि नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारीहरु जिल्ला प्रहरी कार्यालय पर्साको प्रतिक्षालयमा पुगेका छन्।