लकडाउन खुकुलो पार्ने वितिक्कै जर्मनीमा कोरोना संक्रमितको संख्या बढेको छ । लकडाउन खुकुलो भएसँगै कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अरुमा सर्ने दर बढेको हो ।
जर्मनीको रोबर्ट कोच इन्ष्टिच्युटले एक संक्रमितबाट एक भन्दा व्यक्तिमा संक्रमण फैलिएको देखिएको जनाएको हो । जर्मन चान्सलर एन्जेला मर्केलले गत बुधबार १६ राज्यका नेतासँग छलफल गरी देशव्यापी रुपमा लकडाउन खुकुलो पार्ने घोषणा गरेकी थिइन् ।
त्यो पर्याप्त नभएको भन्दै हिजो जर्मनीमा प्रदर्शन समेत भएको थियो । जर्मनीमा हालसम्म एक लाख ७१ हजार भन्दा बढीमा कोरोना भाइरसवाट संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या भने सात हजार ५ सय भन्दा बढी छ । एजेन्सी